काठमाण्डौको सडकमा थुप्रिएको फोहोर भोलिसम्ममा उठिसक्ने

 साउन ७, २०८० आइतबार ७:४४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले सडकमा थुप्रिएको फोहोर भोलिसम्ममा उठाइसक्ने दाबी गरेको छ ।

बञ्चरेडाँडा ल्याण्डफिट साइटका प्रभावितले साउन १ गतेदेखि अवरोध गरेपछि बन्द भएको फोहोर उठाउने काम हिजोदेखि शुरु भएको र भोलिसम्ममा सबै फोहोर उठाइसक्ने काठमाण्डौ महानगरपालिका वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिनुभयो ।

सडकको फोहोर व्यवस्थापन सकिएपछि मंगलवारदेखि घर–घरको फोहोर पनि व्यवस्थापन हुने उहाँले बताउनुभयो ।

एक वर्षअघि काठमाण्डो महानगरपालिका र स्थानीयबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै नुवाकोट ककनी गाउँपालिका र धादिङको धुनीवेशी नगरपालिकाका स्थानीयले फोहोर ल्याण्डफिल्ड साइट लैजाने अबरोध गरेका थिए ।

अन्तिम फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा यसअघि थुपारेको फोहोरलाई माटोले पुर्ने र औषधि राखेर दुर्गन्ध हटाएपछि स्थानीयको अवरोध हटेको धुनीवेशी नगरपालिका वडा नम्बर १ का अध्यक्ष मानबहादुर तामाङले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया