प्रधानमन्त्री कप महिला क्रिकेटमा आजका दुई वटै खेल टस पनि नभई रद्द
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै - अर्थमन्त्री डा.प्रकाशशरण महतले चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने दाबी गर्नुभएको छ ।
आज बुटवलमा भएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले नयाँ मौद्रिक नीतिले लगानीको वातावरण सहज बनाउने बताउनुभयो । उहाँले मौद्रिक नीतिमा आफूले भन्दै आएको ब्याजदरमा खुकुलो पार्नलाई सम्बोधन गरिएको बताउनुभयो । मन्त्री महतले अब निजी क्षेत्रमा लगानी सहज हुने, ब्याजदर घट्दै जाने बताउनुभयो । हिजो मौद्रिक नीति सार्वजनिक भएको थियो ।
फरक प्रसङ्गमा अर्थमन्त्री महतले सूचना दिनेलाई पुरस्कारको व्यवस्था भएका कारण सय किलो सुन पक्राउ परेको बताउनुभयो । उहाँले भन्सारमा आधुनिक मेसिन जडान गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।