प्रधानमन्त्री कप महिला क्रिकेटमा आजका दुई वटै खेल टस पनि नभई रद्द
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै - औषधि पसल अनुगमन गर्न गएको प्रशासनको टोलीलाई सुनसरीको इनरुवाका व्यापारीले दुई घण्टा थुनेर छाडेका छन् । मेडिकल पसल सञ्चालकसहित स्थानीय व्यापारीको टोलीले हिजो जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत केशव खतिवडासहितको टोलीलाई थुनेका हुन् ।
गृहको पत्रानुसार अस्पताल रोडमा रहेका औषधि पसल अनुगमन गर्न पुगेको टोलीले कागजात खोज्ने क्रममा विवाद चर्केपछि मेडिकल सञ्चालक तथा व्यवसायीसहितका व्यापारी आन्दोलनमा उत्रिएका थिए । उनीहरुले अनुगमन टोलीलाई हातपात र दुर्व्यवहार गरेपछि अवस्था शान्त पार्न सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
अनगुमन टोलीलाई प्रहरीले सुरक्षा दिएर प्रशासनसम्म पुर्याएको थियो । त्यसपछि पनि व्यापारी समूहले बजार क्षेत्रमा प्रदर्शन गरेका थिए । नेशनल मेडिसिन सेन्टरका सञ्चालक योगेन्द्र मेहताले अनुगमन टोलीको शैलीविरुद्ध आन्दोलन गरेको बताउनुभएको छ ।
अनुगमन टोलीको नेतृत्व गरेका प्रशासकीय अधिकृत केशव खतिवडाले औषधि व्यवसायीको गतिविधि ठिक नभएको प्रतिक्रिया दिनुभएको छ । अनुगमन टोलीमाथि व्यापारी, व्यवसायीको अवरोध र आक्रमणको प्रयास निन्दनीय रहेको उहाँले बताउनुभयो ।
खतिवडाले अनुगमनका क्रममा केही औषधि पसल मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएकाले पुनः अनुगमन गरी कारबाहीको प्रक्रियामा ल्याउने बताउनु भयो । जिल्ला प्रशासन कार्यालय सुनसरीले अनुगमन प्रतिवेदन तयार पारेर घटना छानबिन गरी दोषीलाई कारबाही गर्ने जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।