चुनाव खर्च नबुझाउने उम्मेदवारलाई १५ हजार रुपैयाँ जरिबाना

 साउन ९, २०८० मंगलबार १७:३५:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – निर्वाचन आयोगले गएकाे मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावकाे खर्च खर्च विवरण पेस नगर्ने उम्मेदवारलाई १५ हजार रुपैयाँ जरिबाना गर्ने निर्णय गरेको छ । 

आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले मंगलवार विज्ञप्ति निकालेर प्रतिनिधिसभातर्फ २३ सय ७४ र प्रदेशसभातर्फ ३१ सय ८८ गरी ५५ सय ६२ जनालाई ऐनबमोजिम चुनाव खर्च विवरण सार्वजनिक गर्न लिखित जानकारी गराइएको थियो ।

यसमा विवरण सार्वजनिक नगर्ने प्रतिनिधिसभातर्फका एक हजार ३७ र प्रदेशसभातर्फका १३ सय ९८ गरेर २४ सय ३५ जनालाई १५ हजार रुपैयाँका दरले जरिबाना गर्ने निर्णय गरिएको प्रवक्ता पाैडेलले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: असोज १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया