दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डौ – यसपालिको बर्षामा लगातार छोटो अवधिमा धेरै पानी परेको मौसमविद्ले बताएका छन्।
यसपालि अहिलेसम्म लगातारको झरी वा लामो समयसम्म पानी नपरी छोटो समयमा आरीघोप्टे वर्षा भइरहेको छ ।
ठाउँ ठाउँमा यसरी भइरहेको वर्षाका कारण बाढी, पहिरो र डुबानका घटनाको पूर्वानुमान गर्न समेत कठिन हुने गरेको छ ।
मौसमविद् शान्ति कडेलका अनुसार एकै पटक ह्वार्रर ठूलो पानी पर्दा बाढी, पहिरो र डुवानको जोखिम धेरै हुन्छ ।
मनसुनको शुरुवातमा पूर्वी पहाडी क्षेत्रमा छोटो अवधिमा धेरै ठूलो वर्षा भएको थियो । त्यसपछि पनि ठाउँ ठाउँमा छोटो अवधिमा धेरै वर्षा भइरहेको मौसमविद् कडेलले बताउनुभयो ।
अझै पनि आरिघोप्टे वर्षाको सम्भावना रहेकाले विपद्का घटना बढ्न सक्ने उहाँले बताउनुभयो ।
आज कोशी, कर्णाली र सुदूरपश्चिमका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान रहेको मौसमविद् शान्ति कडेलले जानकारी दिनुभयो ।
तर, लगातार झरी पर्ने सम्भावना भने नरहेको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।