प्रधानमन्त्री कप महिला क्रिकेटमा आजका दुई वटै खेल टस पनि नभई रद्द
माघ ३, २०८१ बिहिबार
काठमाण्डौ – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकवरमा महाकाली नदीले कटान गर्न थालेपछि स्थानीयवासी अस्थायी तटबन्ध निमार्णमा जुटेका छन् ।
जोगबुढा र महाकाली नदीको दोभान भएका कारण त्यस क्षेत्रमा हरेक वर्ष डुबान र कटान हुने गरेको छ । महाकाली नदीमा सामान्य जलस्तर बढ्दा पनि नदीले बस्तीतर्फ कटान गर्न थालेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोरकुमार लिम्बूले जानकारी दिनुभयो । ‘बस्तीबाट ४०/५० मिटरको दूरीमा महाकाली नदीले कटान थालेको छ यसलाई रोक्न अस्थायी तटबन्ध गर्न थालेका छौँ,’ नगरप्रमुख लिम्बूले भन्नुभयो, ‘अहिलेसम्म नदीले दुई बिघाभन्दा बढी जग्गा कटान गरिसकेको छ ।’
उहाँले महाकाली नदीमा जलस्तर बढ्दा काम गर्न निकै कठिन भएको बताउनुभयो । अहिले त्यस क्षेत्रमा स्थानीयवासीले रुखका हाँगा, बाँस र डोरीले पानीको प्रवाह कम गर्न अस्थायी तटबन्धको काम गरिरहेका छन् । ठूलो बाढी नआउँदै महाकालीले कटान गर्न थालेपछि यहाँका स्थानीयवासी त्रसित बनेका छन् । ‘यहाँको खेतीयोग्य जग्गा नदीले तीव्ररूपमा कटान गरिरहेको छ,’ स्थानीय प्रेम सार्कीले भन्नुभयो, ‘बाढीको त्रासले यहाँका बासिन्दाले सुत्न पाएका छैनन् ।’ उहाँले कटान रोक्नका लागि स्थानीय पालिकाले तत्काल काम गर्नुपर्ने बताउनुभयो ।
स्थानीय मायादेवी सुनारले यहाँ हरेक वर्ष बाढीले क्षति गर्ने गरेकाले बस्तीको विकल्प खोज्नुपर्ने बताउनुभयो । ‘तीनतिर जोगबुढा नदी र एकतर्फ महाकाली नदीले घेरेको छ,’ उहाँले भन्नुभयो, ‘यहाँ डुबान र कटान धेरै हुन्छ । बाढीकै कारण यहाँबाट धेरै अन्यत्र बसाइँ सरेर गइसके ।’ गत वर्ष बाढीले बेसार र तरकारी खेती बगरमा परिणत गरिदिएको उहाँले बताउनुभयो । ४९ परिवारको बसोबास रहेको यो बस्तीमा यहाँका स्थानीयवासी तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्ने गर्छन् । बाढीले यहाँको बिघौँबिघा जग्गा बगरमा परिणत गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Chakra Singh
July 26, 2023, 3:50 p.m.जब पर्यो राति तब बुढी ताति भने जस्तो, बर्षा याम सुरु हुनु अगावै तटबन्ध निर्माण गरिएको भए २ बिगाहा किन कटान हुने थियो ! जब बर्षेनी जमिन डुबान र कटान मा पर्छ भने समयमै निर्माण कार्य सुरु हुनु जरुरी छ ! यस्तै पाराले त हो नेताले जमिन बेची बेची खाए भनेर गालि र तालि पाउने