यू–१५ साफ च्याम्पियनसिप : बंगलादेशसँग २–१ ले हार्‍याे नेपाल, समूह उपविजेता बन्दै सेमिफाइनलमा

 कात्तिक १२, २०७५ सोमबार १८:१२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – साफ यू–१५ च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २–१ गोलअन्तरले पराजित भएको छ ।

खेलको ६० मिनेटभन्दा बढी समय १० खेलाडीमा समेटिएको बंगलादेशविरुद्ध नेपालले जित हासिल गर्न सकेन । घरेलु मैदानमा नेपालले स्तरीय खेल प्रदर्शन गर्न सकेन ।

खेलको दोस्रो मिनेटमै बंगलादेशले अग्रता लिएको थियो । मोहम्मद अहख सकिलले बंगलादेशका लागि सुरुवाति गोल गरेका थिए । घरेलु मैदानमा एक–शून्यले पछि परेको स्थितिमा नेपाल खेलमा फर्कन प्रयासरत थियो ।

३२औं मिनेटमा बंगलादेशी गोलरक्षक मितुल मार्माले गम्भीर गल्ती गरे । उनले नेपाली स्ट्राइकर राकेश विश्वकर्मालाई डिबक्सभित्र फल गरे । रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाए भने नेपाललाई पेनाल्टीको अवसर दिए ।

३६औं मिनेटमा जान लिम्बूले गोल गरी खेल बराबरीको अवस्थामा ल्याएका थिए । पहिलो हाफमा एक–एक गोलको बराबरी खेले पनि दोस्रो हाफको सुरुमै नेपालले गोल खायो । दोस्रो हाफ सुरु भएको केही सेकेण्डमै बंगलादेशका मोहम्मख राइओन हवलदारले गोल गरेका थिए ।

हारसँगै नेपाल प्रतियोगिताको समूह ए बाट उपविजेता बनेको छ । सेमिफाइनलमा नेपालले समूह बी को विजेता पाकिस्तानसँग खेल्नेछ भने विजेता बंगलादेशले समूह बी को उपविजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया