प्रधानमन्त्री कप महिला क्रिकेटमा आजका दुई वटै खेल टस पनि नभई रद्द
माघ ३, २०८१ बिहिबार
गुल्मी – वर्षाका कारण घर भत्किँदा गुल्मीमा तीन जना घाइते भएका छन् । मदाने गाउँपालिका–२ भँेडीखोरमा बुधवार बिहान मुक्तबहादुर घर्तीको घर भत्किँदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
घर भत्किँदा मुक्तबहादुरकी १२ वर्षीय छोरी करिष्मा, नौ वर्षीय छोरा हिक्मत घर्ती र त्यही ठाउँका १० वर्षीय अम्मर परियार घाइते भएका प्रहरीले जनाएको छ । बुधवार बिहान मुक्तबहादुर घर्तीको टिनले छाएको दुई तले कच्ची घर भत्किएको हो ।
डीएसपी पाण्डेका अनुसार घाइतेको टाउकोमा चोट लागेको र उनीहरूको अवस्था खतरामुक्त रहेको छ । घाइते तीनै जनाको मदाने सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घर भत्किएपछि घर्तीको परिवारले अहिले छिमेकीको घरमा आश्रय लिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।