परीक्षामा प्रश्नपत्र फरक परेको सम्बन्धमा त्रिविले छानबिन गर्ने

 साउन ११, २०८० बिहीबार ७:२४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालयले परीक्षामा प्रश्नपत्र फरक परेको सम्बन्धमा छानबिन गर्ने भएको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले प्रश्नपत्र त्रुटिका सम्बन्धमा छानबिन गरी यथार्थ विवरण सार्वजनिक गर्ने जानकारी दिनुभएको छ । उहाँले आउँदा दिनमा प्रश्नपत्रमा त्रुटि नदोहोरिने गरी व्यवस्थापन गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ ।

यही साउन ८ गते भएको मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत चार वर्षे स्नातक तहको तेस्रो वर्षको ऐच्छिक विषय ‘पर्यटन विकासको परिचय विषयको सट्टा असार २८ गते सम्पन्न भइसकेको ‘भारतको आधुनिक इतिहास विषयको प्रश्नपत्र परीक्षार्थीलाई बाँडिएको थियो ।

प्रश्नपत्र फरक परेको आधा घण्टाभित्र सबै परीक्षा केन्द्रमा पुनः पर्यटन विकासको परिचय प्रश्नपत्र परीक्षार्थीलाई उपलब्ध गराइएको परीक्षा नियन्त्रक जोशीले जानकारी दिनुभयो । २९ वटा ऐच्छिक विषयमध्ये कुनै दुई वटा विषय छनोट गर्नुपर्ने भएका कारण परीक्षाको अवधि छोटो बनाउन साउन ४ र साउन ८ गते दिन ऐच्छिक प्रथम र ऐच्छिक द्वितीय विषय छनोट गर्नुपर्ने व्यवस्थाअनुसार दुवै दिन २९ वटै विषयको प्रश्नपत्र सम्बन्धित परीक्षा केन्द्रमा पठाइएकोमा साउन ८ गतेको प्रश्नपत्र पर्यटन विकासको परिचय विषयमा आधुनिक भारतको इतिहास विषयको समावेश हुन गएको अवस्थाले अन्यथा हुन गएको उल्लेख छ ।

परीक्षा नियन्त्रक जोशीले परीक्षा अवधिमै समस्या समाधान भइसकेको भन्दै देशभरिका ३० वटा केन्द्रमा सञ्चालित परीक्षामा आठ सय ६९ परीक्षार्थीलाई पुग्न गएको अप्ठेरो परिस्थितिबारे पनिकाको ध्यानाकर्षण भएको जनाउनुभएको छ ।    

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया