प्रधानमन्त्री कप महिला क्रिकेटमा आजका दुई वटै खेल टस पनि नभई रद्द
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै - नर्वेजियन महिला पर्वतारोही क्रिस्टिन हरिला र सङ्खुवासभाका तेन्जेन (लामा) शेर्पाले ९२ दिनमा १४ वटा हिमाल आरोहण गरेर विश्वकै सबैभन्दा छिटो आरोहणको विश्व कीर्तिमान बनाउनुभएको छ । उहाँहरुले आज पाकिस्तानको के–२ माउन्टेनको सफल आरोहण गर्नुभयो ।
सेभेन समिट ट्रेक्सका आरोहण निर्देशक छाङ दावा शेर्पाका अनुसार क्रिस्टिन र तेन्जेनले आज बिहान साढे ११ बजे विश्वको दोस्रो अग्लो चुचुरोमा सफल आरोहण गर्नुभएको हो । योसँगै ८ हजार मिटर अग्ला सबै १४ चुचुराकाे आराेहण सबैभन्दा छिटो पूरा गर्ने आरोहीको कीर्तिमान बनेको छ । यो काम ९२ दिनमा सकिएको हो ।
८ हजार मिटरभन्दा अग्ला १४ हिमाल आराेहण ९२ दिनमा पूरा गरेको एसएसटीका प्रबन्धक थानेश्वर गुरागाईँले पनि बताउनुभयो । यसअघि निर्मल पुर्जाका नाममा रहेको ६ महिना ६ दिनको कीर्तिमान तोडिएको छ ।
तस्बिर : सेभेन समिट ट्रेक्स
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।