चीनको हेबेईमा बाढीमा पर‍ि १० जनाको ज्यान गयो

 साउन २१, २०८० आइतबार ९:५:१६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चीनको हेबेईमा बाढीमा परि कम्तीमा १० जनाको ज्यान गएको छ । चीनको उत्तरी हेबेई प्रान्त बाओडिङमा आएको बाढीमा उनीहरुको ज्यान गएको हो ।

बाओडिङ सहर बेइजिङबाट झण्डै एक सय ५० किलोमिटर टाढा पर्छ । यो सहरका ६ लाखभन्दा धेरै मानिस जोखिममा रहेका र उनीहरुलाई सुरक्षित ठाउँमा सारिएको विपद् निकायलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चीन यसवर्ष रेकर्ड तोड्ने गर्मीदेखि ठूलो वर्षासम्मको चरम मौसमी चपेटामा परेको छ । गएको महिना मात्रै प्राकृतिक प्रकोपका कारण एक सय ४७ जनाले ज्यान गुमाएका थिए ।

चीनमा शुक्रवार आँधीबेहरीको रूपमा आएको डोक्सुरी आँधीपछिको मुसलधारे वर्षा एक सय ४० वर्षयताकै सबैभन्दा ठूलो वर्षा भएको मौसमविद्हरूले बताएका छन् । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया