पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
बैतडी – शैलेश कठायतको उत्कृष्ट प्रदर्शनले पाटन नगरपालिका बैतडीको देहीमाडौंमा जारी निंगलासैनी प्रिमियर लिग(एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।
यसअघि सिगास गाउँपालिका र दशरथचन्द नगरपालिका ‘सी’ अन्तिम चारमा पुगिसकेका छन् । मंगलबार सम्पन्न खेलमा लगातार दोस्रो जित दर्ता गर्दैै पाटन सेमिफाइनल अन्तिम चारमा पुगेको हो । निंगलासैनी खेल मैदान देहीमाडौंमा समूह ‘सी’को लिग चरणको अन्तिम खेलमा पञ्चेश्वर गाउँपालिकालाई ९१ रनले पाखा लगाउँदै पाटन फाइनल नजिक पुगेको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको पाटनले २० ओभरमा ३ विकेटको क्षतिमा २३४ रन बनायो । पाटनका लागि उत्कृष्ट प्रदर्शन गर्दै शतकीय पारि खेल्दै शैलेश कठायतले १०४ रन जोडे भने खगेन्द्र जोशीले ३३ रनको योगदान गरे । शैलेश प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । पञ्चेश्वरका भरत चन्दले एक विकेट हात पारे ।
२३५ रनको विशाल लक्ष्य पन्छाएको पञ्चेश्वरले २० ओभरमा ६ विकेटको क्षतिमा १४३ रन मात्रै बनाउन सक्यो । रमेश भण्डारीले ४८ तथा धनवीर मातरले ३१ रन बनाए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन । पराजयसँगै पञ्चेश्वरको आउँदो यात्रा टुंगिएको छ । पाटनका पारस विष्ट र मदन चन्दले १-१ विकेट हात पारे । खेलका म्यान अफ् द म्याच पाटनका शैलेश कठायतभएका प्रतियोगिताका संयोजक विर सिंह बोहराले बताए ।
यस्तै मंगलबार नै सम्पन्न दोस्रो खेलमा मेलौली नगरपालिकाले विजयी सुरुवात गरेको छ । मंगलबार निंगलासैनी खेल मैदान देहीमाडौंमा सम्पन्न खेलमा दशरथचन्द नगरपालिका ‘बी’ लाई १०३ रनले स्तब्ध पार्दै मेलौलीले सुखद सुरुवात गरेको हो ।
टस हारेर ब्याटिङको निम्ता पाएको मेलौलीले किरण ठगुन्नाको ३६ तथा आकाश चन्दको १८ रनको मद्दतमा २० ओभरमा ८ विकेटको क्षतिमा २०२ रन बनायो ।
दशरथचन्द ‘बी’ का हिमाल ऐरीले ३ विकेट झारे । २०३ रनको विजय लक्ष्यका साथ मैदान उत्रेको दशरथचन्द ‘बी’ १७ दशमलब ३ ओभरमा ९९ रनमा समेटियो ।
दशरथचन्द ‘बी’को पारी ध्वस्त पार्ने क्रममा मेलौलीका आकाश चन्दले ४ तथा किरण ठगुन्नाले २ विकेट हात पारे । मेलौलीका आकाश चन्द म्यान अफ् द म्याच घोषित भए ।
योसँगै लगातार दुई खेलमा पराजय भोगेको दशरथचन्द ‘बी’ लिग चरणबाटै घर फर्किन बाध्य भएको छ । यसअघि सिगास गाउँपालिका र दशरथचन्द नगरपालिका ‘सी’ अन्तिम चारमा पुगिसकेका छन् ।
प्रतियोगिता अन्तर्गत बुधबार लिग चरणको अन्तिम खेल हुने भएको छ । मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकाको त्यो अन्तिम खेलले सेमिफाइनल पुग्ने अन्तिम टोलीको समेत टुंगो लाग्ने भएको छ ।
निंगलाशैनी क्रिकेट क्लबको आयोजनामा जारी प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ११ हजार १११ रहेको छ । कात्तिक ८ गतेदेखि सुरु भएको प्रतियोगितामा १२ टोली सहभागी रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।