झन्डै दुई लाख क्विन्टल चिनी मौज्दात, चाडपर्वमा अभाव नहुने विभा...
असोज १२, २०८० शुक्रबार
काठमाण्डाै – मिस लिटल आइडल २०२३ को उपाधि क्याम्ब्रिज पब्लिक हाई स्कुल पुरानो बानेश्वरमा अध्ययनरत साेशिका बस्नेतले प्राप्त गरेकी छिन् ।
काठमाण्डाै प्याब्सन र एक्सन इन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगितामा १७ वटा विद्यालयका ६८ जना प्रतिस्पर्धीलाई पछि पार्दै सोलुखुम्बुकी बस्नेतले उपाधि जितेकी हुन् । लिटल आइडल २०२३ विजेता बस्नेतले ताज, ३० हजार रुपैयाँ र एक वर्षको छात्रवृत्ति प्राप्त गरेकी प्याब्सन काठमाण्डाैकी उपाध्यक्ष तथा मिस लिटल आइडलकी आयोजक रिता राई दाहालले जानकारी दिनुभयो ।
कार्यक्रम हिजो शनिवार सांस्कृतिक संस्थान नाचघर जमलमा सम्पन्न भएको हो । मिस लिटल आइडल फस्ट रनरअपको उपाधि नेसनल ब्लुमिङ हाई स्कुल बूढानीलकण्ठमा कक्षा ६ मा अध्ययनरत प्राप्ति कुँवरले जितेकी छन् ।
प्रतियोगिताका लागि साउन ६ गते ७० जना बालिका छनोट गरी मिस मङ्गोल शिभिरा लामा र कोरियोग्राफर रोजिन शाक्यले प्रशिक्षण दिएका थिए ।