प्रधानमन्त्री प्रचण्ड भदाै ३० गते अमेरिका जाने, त्यतैबाट असाेज ४ गते चीन जाने

 साउन ३०, २०८० मंगलबार १९:५३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउँदाे भदाै ३० गते अमेरिका जानुहुने भएको छ । आज मङ्गलवार सम्पादकसँग बालुवाटारमा कुराकानी गर्दै उहाँले याे जानकारी दिनुभएको हो । 

प्रधानमन्त्रीले आफू भदाै ३० गते संयुक्त राष्ट्र सङ्घीय महासभामा सहभागी हुन अमेरिका जाने र त्यतैबाट असाेज ४ गते चीन जाने जानकारी दिनुभएको हो ।

यस पटक चीन भ्रमणका क्रममा केही महत्त्वपूर्ण सहयोग सम्झौता हुने पनि उहाँले जानकारी दिनुभयो । चीनको बीआरआई आयोजनाका बारेमा राखिएको एक जिज्ञासामा उहाँले नेपालसँग भएको बीआरआई सम्झौताको कार्यान्वयन आयोजनका बारेमा छलफल हुने र बीआरआई आयोजनाअन्तर्गत नेपालमा अनुदान सहयोगसम्बन्धी प्रस्ताव आफूले चीनसँग राख्ने पनि जानकरी दिनुभयो । 

चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पनि द्विपक्षीय भेटवार्ता हुने प्रधानमन्त्री प्रचण्डले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया