चीनमा बेरोजगारको तथ्याङ्क सार्वजनिक गर्न रोक

 साउन ३१, २०८० बुधबार ९:२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चीनले बेरोजगारीको तथ्याङ्क सार्वजनिक गर्न रोकेको छ ।

हरेक महिना सार्वजनिक हुने तथ्याङ्कले पछिल्लो समय रेकर्ड बनाउन थालेपछि चीनले उमेर समूहको बेरोजगारी तथ्याङ्क सार्वजनिक गर्न रोक लगाइएको बीबीसीले जनाएको छ ।

गएको जुनमा सार्वजनिक भएको तथ्याङ्क अनुसार चीनका सहरी क्षेत्रमा १६ देखि २४ वर्ष उमेर समूहका युवामध्ये २१ दशमलव ३ प्रतिशत बेरोजगार रहेको सार्वजनिक भएको थियो ।

चीनको राष्ट्रिय तथ्याङ्क विभाग (एनबीएस) ले पछिल्लो पटक अर्थतन्त्रका सूचकहरूको मासिक स्थिति सार्वजनिक गरे पनि यो उमेर समूहको बेरोजगारीबारे तथ्याङ्क सार्वजनिक गरेन ।

चीनले सन् २०१८ मा उमेर समूहको बेरोजगारीको तथ्याङ्क प्रकाशित गर्न थालेको थियो ।

चीनमा कोरोना महामारीपछि आर्थिक सुधार सुस्त गतिमा छ  ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया