परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ गाडी आउने क्रम बढेको छ । गएको असार १४ गतेदेखि चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ गाडी आउन शुरु गरेकोमा अहिलेसम्म ४९ वटा गाडी सुक्खा बन्दरगाहमा आइसकेका छन् ।
अहिलेसम्म साङ्ग्रिला मोटर्स प्रालीकाे पेट्रोलबाट चल्ने ४४ वटा सिट्रोन कारहरू जिओ अटोमोबाइल्स प्रालीकाे पाँच सय वटा पीक अप गाडी चोभार भन्सार कार्यालयबाट भन्सार जाँच पास गर्ने गरी आएका हुन् । गाडीहरू वीरगञ्ज एकीकृत जाँच चौकीबाट सिधै चोभार सुक्खा बन्दरगाहमा ल्याइएको हो ।
नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले अहिले गाडी आउन सहजीकरण गरिएको र नाडा अटोमोबाइल्स एसोसिएशनसँग पनि धेरै पटक छलफल गरी चोभार भन्सार कार्यालयबाट भन्सार प्रक्रिया गराउन सबै व्यवस्था भएको बताउनुभयो । आउँदा दिनमा अझै गाडी चोभार आउने जानकारी व्यवसायी तथा नाडाले दिएका उहाँकाे भनाइ छ ।
चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयमा भन्सार जाँच पासका लागि आउने मालवाहक एवम् नयाँ गाडीका लागि प्रवेश निःशुल्क गर्नुका साथै पार्किङ एवम् गोदाम शुल्कसमेत न्यूनतम गरी समितिले स्तरीय सेवा प्रदान गरिरहेको छ । जसका कारण अहिलेसम्म चोभार सुक्खा बन्दरगाहमा एक सय ७६ वटा कन्टेनर र ४९ वटा नयाँ गाडी भन्सार जाँच पासका लागि आइसकेका छन् । साथै आन्तरिक टर्मिनलमा पनि पार्किङ एवम् गोदाम प्रयोगका लागि आउने व्यवसायीको सङ्ख्या बढ्दो क्रममा रहेको छ ।
इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक गजुरेलले चोभार सुक्खा बन्दरगाह पूर्ण क्षमतामा चल्न समय केही समय लागे पनि भविष्यमा राम्रोसँग चल्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।