१५ सय जनाको सामूहिक चिहान भेटियो

 कात्तिक १५, २०७५ बिहीबार ७:२६:३१ | रासस
unn.prixa.net

सिरियामा एकै ठाँउमा रहेका १५ सय जनाको सामूहिक चिहान भेटिएको छ । 

सर्वसाधारण नागरिकको याे चिहान तत्कालीन समयमा इस्लामिक स्टेट (आईएस) लडाकूहरूको मुख्य केन्द्र मानिने रक्वा प्रान्तमा रहेको पत्ता लागेको अल वाटन नामक पत्रिकाले बुधबार लेखेको छ । 

सरकार पक्षीय सो पत्रिकाले स्रोतलाई उद्धृत गर्दै लेखेको समाचारमा अमेरिकी नेतृत्वको गठबन्धनले गरेको आक्रमणमा परी उनीहरू मारिएको उल्लेख छ । 

रक्वालाई कब्जा गर्न अमेरिकी नेतृत्वको गठबन्धनले कुर्दिस नेतृत्वको सिरियन डेमोक्र्याटिक फोर्सलाई सघाएको थियो । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया