आज बालाचतुर्दशी : शिवालयहरुमा रातभर जाग्राम बसेका भक्तजनले श...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ – अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका संस्थापक शेयरधनीहरुले हकप्रद शेयरबापतको रकम चुक्ता गरेका छन् ।
चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनीले आगामी भदौ १८ गतेदेखि शेयरधनीहरुलाई १ कित्ता शेयर बराबर १ कित्ताको प्रति शेयर सय रूपैयाँ अंकित दरका हकप्रद शेयर निश्कासन गर्दै छ ।
सर्वसाधारणतर्फकोशेयरनिश्कासन गर्नुभन्दा पहिले कम्पनीका संस्थापकहरु नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लि (नेपाल टेलिकम), नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानले आफ्नोशेयरअनुपातमा हकप्रद शेयर बापतको रकम चुक्ता गरेका हुन् । संस्थापकहरुले ५ अर्ब ४० करोड ९ लाख रुपैयाँ चुक्ता गरेका छन् ।
१० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीमा प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको २/२ प्रतिशत संस्थापक शेयर रहेको छ ।
शेयर स्वामित्वअनुसार, प्राधिकरणले ४ अर्ब ३४ करोड १९ लाख, नेपाल टेलिकमले ६३ करोड ५४ लाख र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानले २१ करोड १८ लाख/२१ करोड १८ लाख रुपैयाँ हकप्रद शेयरबापतको रकम चुक्ता गरेका हुन् । रकम चुक्ता भइसकेपछि शेयरको बाँडफाँड पनि भइसकेको छ ।
कम्पनीको ४९ प्रतिशत साधारण शेयरमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १७ दशमलव २८ प्रतिशत, आयोजनामा ऋण प्रवाह गर्ने कर्मजारीहरुको २ दशमलव ८८ प्रतिशत, कम्पनी र प्राधिकरणका कर्मचारीहरुको ८ दशमलप ८४ प्रतिशत, दोलखावासीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत साधारण शेयर स्वामित्व छ ।
सर्वसाधारणतर्फबाट ५ अर्ब १९ करोड ९१ लाख रुपैयाँ चुक्ता हुनु पर्ने छ । जसमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार, सर्वसाधारणले १ अर्ब ५८ करोड ८५ लाख, दोलखाबासीले १ अर्ब ५ करोड ९० लाख, कम्पनी र प्राधिकरणका कर्मचारीहरुले ४० करोड ६६ लाख ५६ हजार र आयोजनामा कर्जा प्रवाह गर्ने संस्थाका कर्मचारीहरुले ३० करोड ४९ लाख ९२ हजार रुपैयाँ हकप्रद शेयरबापत चुक्ता गर्नु पर्ने छ । हकप्रद शेयरबापतको रकम संकलनपछि कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्ने छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मोहनप्रसाद गौतमले हकप्रद शेयर निश्कासनबाट प्राप्त हुने रकम माथिल्लो तामाकोसी निर्माण गर्दा लिइएको अल्पकालीन ऋणको साँवाव्याज चुक्ता गर्न र २१ मेगावाटको रोल्वालिङ खोला जलविद्युत आयोजनाको निर्माणमा खर्च गरिने बताउनुभयो । कम्पनीले माथिल्लो तामाकोशी निर्माण गर्दा ६ अर्ब रुपैयाँ अल्कालीन ऋण लिएको छ ।
सिइओ गौतमले अल्कालीन ऋणको साँवाब्याज चुक्ता गरेपछि बाँकी रहेको र माथिल्लो तामाकोशीको विद्युत् बिक्रीबाट प्राप्त हुने रकमबाट रोल्वालिङको वित्तीय व्यवस्थापन गरिने उल्लेख गर्नुभयो ।
यसैबीच, कम्पनीको पन्ध्रौँ वार्षिक साधारणसभा गत बुधवार काठमाण्डाैमा सम्पन्न भएको छ । साधारण सभाले कम्पनीको आर्थिक वर्ष २०७८/७९को वार्षिक प्रतिवेदन, सोही आवको वासलात,नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतलाई पारित गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
nawraj chaudhary
Aug. 29, 2023, 3:28 p.m.सर म नव्राज चौधरी मेरो अपर तामा कोसि को पर्मान पत्र म श्ग न भएको र के गर्ने होला