शेयर बजार पाँच अङ्कले बढ्यो, कारोबार रकम तीन महिनायताकै कम

 भदौ ११, २०८० सोमबार १५:१५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज साेमवार सामान्य बढेको छ । हिजो आइतवार २० अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव शून्य नाै अङ्कले बढेर एक हजार नाै सय ९८ दशमलव ४८ विन्दुमा पुगेको छ ।

आज जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स र अन्य समूहको शेयर सामान्य घटेको छ भने अरू समूहको शेयर सामान्य बढेको छ । आज सबैभन्दा धेरै कुथेली बुखारी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशत तथा लक्ष्मी सनराइज बैंक र सिटी होटलको शेयर साढे चार प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्तको शेयर झन्डै साढे चार प्रतिशतले घटेको छ ।

आज कारोबार रकम तीन महिनायताकै कम भएको छ । गएको जेठ ११ गते यता आज पहिलो पटक शेयर बजारको कारोबार एक अर्ब रुपैयाँभन्दा कममा सीमित भएको हो । ३६ लाख ७० हजार कित्ता शेयर ९८ करोड ८६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंकको सात करोड ३१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया