गुल्मी अस्पतालमा उपचारका क्रममा बालिकाको ज्यान गएको विषयमा छानबिन गर्न समिति गठन

 भदौ १२, २०८० मंगलबार १९:३७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

गुल्मी – गुल्मी अस्पतालमा उपचारका क्रममा बालिकाको ज्यान गएको विषयमा छानबिन गर्न समिति गठन भएको छ । घटनाबारे सत्य/तथ्य छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरकाे संयोजकत्वमा समिति गठन भएको हो ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ काउलेकी प्रशंसा मरासिनीको उपचारका क्रममा आज मङ्गलवार ज्यान गएपछि गुल्मी अस्पताल तनावग्रस्त बनेको थियो । गुल्मी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र जिसीले अस्पतालमा भर्ना भएकी बालिकाको स्वास्थ्य जाँचका क्रममा रिपोर्ट सामान्य रहेको र उपचारकै क्रममा ज्यान गएको प्रतिक्रिया दिनुभएको थियो । तर अस्पतालले मृत्युको कारणबारे स्पष्ट जानकारी नदिएको भन्दै पीडित परिवारका आफन्त र स्थानीयले अस्पताल र जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन पनि गरेका छन् । अस्पतालको लापर्बाहीका कारण बालिकाको ज्यान गएको उनीहरूको आरोप छ ।

यसैबीच अस्पतालले सबै सेवा नियमित सञ्चालन भइरहेको जानकारी दिएको छ । यसअघि अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द भनेर आएको विज्ञप्ति अस्पतालको आधिकारिक नभएको बताइएकाे छ ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया