नयाँ नक्साबारे भारतको आपत्तिमा चीन मौन : समस्या सुल्झनुको सट्टा थप बल्झिने प्रतिक्रिया

 भदौ १४, २०८० बिहिबार ६:२३:२० | एजेन्सी
unn.prixa.net

चीनले नयाँ नक्सामा आफ्नो सीमा राखेको भन्दै भारतले कडा आपत्ति जनाएको छ । तर यसबारेमा चीन अहिलेसम्म मौन रहेको छ ।

भारतले चीनको नक्सालाई लिएर दुई देशबीचको सीमा समस्या सुल्झनुको सट्टा थप बल्झिने प्रतिक्रिया दिएको छ ।

विदेश मन्त्री एस. जयशङ्करले चीनले सार्वजनिक गरेको नक्सामा भारतले कडा विरोध जनाएको बताउनुभएको छ । चीनले अरुणाचल प्रदेश, अक्साई चीन, ताइवान र साउथ चाइना सीलाई आफ्नो क्षेत्रमा देखाउँदै मङ्गलवार नयाँ नक्सा जारी गरेको थियो । तर भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले एक विज्ञप्ति निकालेर सार्वजनिक चिनियाँ नक्साबारे प्रतिवाद गर्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उहाँले भन्नुभएको छ,‘हामीले कुटनीतिक माध्यमबाट कडा विरोध जनाएका छौँ, सीमा सम्बन्धी समस्या सुल्झनुको सट्टा थप बल्झन सक्छ ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिन पिङबीच दक्षिण अफ्रिकामा सीमा विवाद सुल्झाउनेबारे कुराकानी भएको केही दिनमा नै चीनको नयाँ नक्सा आएको हो । चीन र भारतबीच सन् २०२० मा लद्दाखको गलवान उपत्यकामा झडप भएयता सम्बन्ध बिग्रिएको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया