सुनको भाउ आज पनि बढ्यो

 भदौ १४, २०८० बिहिबार ११:३६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज पनि बढेको छ । आज तीन सय रुपैयाँले बढेर सुनकाे भाउ ताेलाकाे एक लाख १२ हजार आठ सय रुपैयाँमा पुगेको छ ।

सुनको भाउ हिजो तोलामा ८ सय रुपैयाँले बढेको थियो । आज चाँदीको भाउ भने सामान्य घटेको छ ।

तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । 
 

अन्तिम अपडेट: फागुन ११, २०८०

तपाईको प्रतिक्रिया