प्रधानमन्त्रीले चीन भ्रमणमा नक्साबारे कुरा उठाउनुहुन्छ : प्रवक्ता सापकाेटा

 भदौ १५, २०८० शुक्रबार १६:२४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले जारी गरेकाे नक्सामा नेपालकाे भूमिमा लिम्पियाधुरा, लिपुलेक र कालापानी नसमेटिएकोप्रति प्रधानमन्त्रीको चीन भ्रमणमा कुराकानी हुने बताउनुभएको छ ।

आज शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले चीनले जारी गरेको नक्सामा नेपालको भूमिमा लिम्पियाधुरा, लिपुलेक र कालापानी नसमेटेको भन्दै त्यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदाे चीन भ्रमणमा कुराकानी गर्ने बताउनुभएको हो । उहाँले नेपाली भूमि नेपालको नक्सा नदेखाइएको विषयमा कुटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘चीनले जारी गरेको नक्सामा नेपालकाे भूमिमा लिम्पियाधुरा, लिपुलेक र कालापनी नसेमेटाेकाे विषयमा कुटनीतिक माध्यमबाट कुरा गर्नुपर्छ । हाम्रो पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री चीन भ्रमणमा जाँदै हुनुहुन्छ, त्यस बेलामा कुराकानी हुन्छ । यसबारेमा सरकार प्रष्ट हुँदै नागरिकलाई पनि प्रष्ट गर्नुपर्छ ।’

प्रवक्ता सापकोटाले एमसीसी परियोजना कार्यान्वयनका लागि संसदबाट गरिएको १२ बुँदे व्याख्यात्मक घोषणा एमसीसीको अङ्ग बनाउनुपर्ने बताउनुभयो । उहाँले औपचारिक र संस्थागत रूपमा १२ बुँदे व्याख्यात्मक घोषणालाई एमसीसी सम्झौताको अङ्ग बनाएमा मात्र कार्यान्वयनमा सहज हुने जिकिर गर्नुभयाे ।

सापकाेटाले वर्तमान सत्तारूढ गठबन्धनमा तत्कालै कुनै समस्या नआउने दाबी गर्नुभयाे । सत्तारूढ दल कांग्रेस र माओवादी केन्द्रका बीचमा पनि कुनै खटपट नपरेको उहाँकाे भनाइ छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • नेपालीमान्छे कृष्ण क्षेत्री

    Sept. 1, 2023, 9:09 p.m.

    कुरा उठाउने सोच मात्रै हो कि उठाउने तयारी हो प्रम ज्यु? बालेन झै निर्णय लिन अझ तपाई जत्तिका बुढा नेतालाई ४० वर्ष पछि जन्मिनु पर्थ्यो होला कि? 😁

  •  0 Reply

तपाईको प्रतिक्रिया