नेपालकाे नक्सालाई छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ : परराष्ट्र मन्त्रालय

 भदौ १५, २०८० शुक्रबार २०:६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चीनले गएको सोमवार जारी गरेको आफ्नो देशको नयाँ नक्सामा यसअघि नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई समेटेर सार्वजनिक गरेको नक्सालाई बेवास्ता गरेको भन्दै नेपालले पनि प्रतिक्रिया जनाएको छ ।

भारतलगायत केही देशले विरोध जनाउने गरी उत्तरी छिमेकीले ‘प्रचलित नक्सा’ जारी गरेको चार दिनपछि नेपालकाे परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालको नक्सालाई सम्मान गर्न भनेको छ । परराष्ट्र मन्त्रालयले केहीबेर अघि निकालेको विज्ञप्तिमा भनिएकाे छ, ‘सन् २०२० मा नेपालको संसद्ले सर्वसम्मतिले पारित गरेको राजनीतिक एवम् प्रशासकीय नक्साप्रति नेपाल स्पष्ट र दृढ रहेको छ । यो नक्सालाई हाम्रा छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ भन्नेमा नेपाल सरकारको स्पष्ट विश्वास रहेको छ ।’ आफ्ना सीमा मामिलाहरूलाई वार्ता र कुटनीतिमार्फत समाधान गर्न नेपाल प्रतिबद्ध रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चीनले जारी गरेको नयाँ नक्सामा नेपालले सन् २०२० मा संविधान संशोधन गरेर थप गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र भारतमै देखाइएको छ । नेपालले आफ्नो दाबी गरेको यो क्षेत्र भारतको नियन्त्रणमा छ ।

यसैबीच नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले जारी गरेको नयाँ नक्साबारे कुटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने बताउनुभएको छ । माओवादी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा नक्साकाे विषयमा छलफल हुने बताउनुभयो ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया