भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो, दुई जना घाइते

 भदौ २३, २०८० शनिबार ११:१५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

गएराति सूर्य विनायक नगरपालिका–८ आदर्श भक्तपुर फ्युल सेन्टरनजिक दुई वटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा काभ्रे बनेपाकी २५ वर्षकी नविना काफ्ले घिमिरेको ज्यान गएको हो ।

दुर्घटनामा नविनाका श्रीमान् किरण घिमिरे र ओखलढुङ्गाको सुनकोशी गाउँपालिका वडा नम्बर–४ घर भइई भक्तपुरको नलिन्चोक बस्ने हिरा बडाल घाइते हुनुभएको छ । घाइते दुवै जनाको मध्यपुर थिमि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया