धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
डोटी – जिल्ला प्रहरी कार्यालय डोटीले सुरक्षा व्यवस्थालाई चुस्त पार्ने भन्दै सडक क्षेत्रमा पनि सीसी क्यामरा जडान गरेको छ ।
जिल्ला प्रहरी कार्यालयमा रहेको मेसनरी सामाग्री खरिद शीर्षकमा रहेको बजेट बाट आठवठटा सीसी क्यामरा जडान गरी सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
हिरासत कक्ष, मुद्दा फाट, कार्यालय परिषरका साथै प्रहरी कार्यालय नजिक रहेको मुख्य सडक खण्डहरुलाई निगरानी गर्ने गर्न सीसी क्यामरा जडान गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझिले बताउनुभयो ।
जडान गरिएका सीसी क्यामरा सञ्चालनका लागि पाँचजना प्रहरी कर्मचारीहरुलाई तालिम समेत दिइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
जिल्ला सुरक्षा समितिले तिहार र छठ पर्वलाई मध्ययनजर गर्दै डोटीको सुरक्षा व्यवस्थामा कडाई गर्ने भएको छ । तिहारको समयमा पटाकालगायतका विष्फोटक पदार्थहरु अवैध रुपमा जिल्लामा भित्रिन नदिने उद्देश्यका साथ सुरक्षा व्यवस्था कडा पार्न लागिएको हो ।
साथै जुवा, तास खेल्ने–खेलाउनेलगायतका गैह्र कानुनिी गतिविधि हुन नदिन सुरक्षा निगरानी बढाउने निर्णय भएको जिल्ला प्रमुख जिल्ला अधिकारी यादव सुबेदीले बताउनुभयो ।
तिहारको समयमा जिल्लामा देउसी भैलोलगायतका सांस्कृतिक कार्यक्रम राति १० बजेसम्म मात्र खेल्न पाउने निर्णय गरिएको छ । यहाँका होटल र लजहरु पनि राति १० बजे बन्द गर्नुपर्ने निर्णय भएको छ । साथै तिहारलाई लक्षित गरेर पहिलेको भन्दा सुरक्षा व्यवस्था अलि कडा पारिएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय डोटीले नेपालीहरुको दोस्रो ठूलो चाड तिहारका बेला हुन सक्ने घटनालाई मध्यनजर राख्दै जिल्लाका विभिन्न स्थानमा चेकजाँचमा कडाई गरेको छ ।
बाहिरी जिल्लाबाट प्रज्वनलशील पदार्थ भित्रिन सक्ने भन्दै प्रहरीले कडा निगरानी गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक धुर्बबहादुर बिष्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘तिहारको समयमा भारतबाट पटाका जस्ता प्रज्वलनशील पदार्थ ल्याउने कुरा पूर्ण रुपमा रोक लगाएकाले पटाका ल्याउने प्रयास नगर्न सबैमा आग्रह गरेका छौं ल्याएमा कारबाही हुने छ ।’
पटाका, भुइँचम्पा जस्ता प्रज्वलनशील पदार्थको प्रयोगबाट आगलागीका दुर्घटना निम्तिन सक्ने भएकाले यसको प्रयोगमा नियन्त्रण तथा रोक लगाएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
प्रहरीले तिहारलाई लक्षित गर्दै पटाका पड्काउने, पड्काउन उक्साउने, बिक्री गर्ने र ओसार पसार गर्ने सबैलाई कारबाहीको दायरामा ल्याइने जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।