सुन चाँदीको भाउ आज पनि बढ्यो

 भदौ ३१, २०८० आइतबार ११:११:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हप्ताको पहिलो दिन आज पनि सुन चाँदीको भाउ बढेको छ।

सुनकाे भाउ तोलामा आज ५ सय रुपैयाँले बढेर १ लाख १२ हजार ३ सय रुपैयाँमा पुगेको छ ।

अस्ति शुक्रवार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको थियो ।

यस्तै, चाँदी आजको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४ सय रुपैयाँमा पुगेको छ ।

यो अस्तिको भाउभन्दा तोलामा ५ रुपैयाँले धेरै हो । 

अन्तिम अपडेट: असोज ३, २०८०

तपाईको प्रतिक्रिया