ई–सेवा मनी ट्रान्सफरले ल्यायाे काठमाण्डाैमा घर याेजना

 असोज १, २०८० सोमबार १९:५१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ई–सेवा मनी ट्रान्सफरले 'मेरो डिजिटल देश' अभियानअन्तर्गत यस वर्ष पनि घर दिने याेजना ल्याएकाे छ ।

ललितपुरकाे पुल्चाेकमा भएकाे पत्रकार सम्मेलनमा ई–सेवाले 'मेरो डिजिटल देश' अभियानमार्फत फेरि पनि काठमाण्डाैमा घर योजना सार्वजनिक गरेको हाे । आज साेमवारदेखि शुरु भएकाे याे अभियान आउँदाे वर्षकाे असार ३१ गतेसम्म जारी रहने कम्पनीले जनाएकाे छ ।

परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटलतर्फ लैजाने अभिप्रायका साथ ई–सेवाले यो अभियान शुरु गरेकाे हाे । यस अभियानअन्तर्गत संसारका कुनै पनि देशमा रहेका नेपालीले स्वदेशमा इच्छाएको व्यक्तिको ई–सेवा वालेटमा पैसा पठाएर सहभागिता जनाउन सक्नेछन् । यस अभियानमा चार जना परिवारलाई विशेष कोसेली, हरेक महिना एक जनाको पैसा डबल, तथा बम्पर उपहारमा एक जनाले काठमाण्डाैमा घर प्राप्त गर्ने कम्पनीले जनाएकाे छ ।

अभियानबारे बाेल्दै एफवान सफ्ट ग्रुपका निर्देशक सुवास शर्माले भन्नुभयो, ‘यो योजना वैदेशिक रोजगारीमा रहेका नेपाली व्यक्तिहरूले गरेको समर्पण र बलिदानप्रति हाम्रो प्रशंसाको प्रतीक हो । विदेशमा काम गर्ने प्रत्येक नेपालीको एउटा आकाङ्क्षा भनेको काठमाण्डाैमा घर बनाउनु हो र यस अभियानको माध्यमबाट हामीले कम्तीमा एउटा व्यक्तिको सपना पूरा गर्न सक्नेछौँ । साथै ई–सेवा मनी ट्रान्सफर र ई–सेवाको संयुक्त प्रयासले यस अभियानलाई अझै धेरै डिजिटल बनाउन सहयाेग पुग्नेछ ।’

अभियानबारे एफवान सफ्ट ग्रुपका ग्रुप स्ट्राटेजी निर्देशक डेनियल डी श्रेष्ठले भन्नुभयो, ‘ई–सेवा मनी ट्रान्सफरको स्थापनाकालदेखि नै आर्थिक विकासमा महत्त्वपूर्ण योगदान रहेको छ । यस योजनाअन्तर्गत विदेशमा बसोबास गर्ने र रोजगारीमा रहेका सबै नेपालीलाई डिजिटल इकोसिस्टममा सक्रिय रूपमा सहभागी हुन र आफ्नो रेमिट्यान्स आवश्यकताहरूका लागि वैधानिक माध्यम प्रयोग गरी राष्ट्रको समग्र आर्थिक उन्नतिमा योगदान दिन प्रोत्साहित गर्दछु ।’

ई–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले ई–इसेवा र ई–सेवा मनी ट्रान्सफरको संयुक्त प्रयासबाट विदेशमा रहेका नेपालीले डिजिटल माध्यमबाट केही मिनेटमै नेपालमा सहजै पैसा पठाउन मिल्ने बताउनुभयाे । उहाँले भन्नुभयाे ‘यो अभियानमार्फत देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने र रेमिट्यान्स सेवाको गुणस्तर र विश्वसनीयतालाई उकास्नेछ भन्ने हाम्रो विश्वास छ ।’

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया