आईएमईबाट रकम पठाइ विजेता बनेकी प्रमिला रोकायालाई आईएमई ग्रु...
पुस १३, २०८१ शनिबार
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई समृद्ध बनाउने अभियानमा सहभागी हुन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई आह्वान गर्नु भएको छ ।
अध्यक्ष दाहालले विपी कोइरालाले सुरु गर्नु भएको राष्ट्रिय मेलमिलापको नीतिअनुसार मुलुकमा ठूल्ठूला परिवर्तन भएको उल्लेख गर्दै अब मुलुकलाई समृद्ध बनाउने अभियानमा पनि विपीको त्यो नीतिको आवश्यक्ता झनै बढेर गएको पनि स्पष्ट पार्नुभयो ।
दसैँ, तिहार, छठलगायतका पर्वको अवसर पारेर नेपाली कांग्रेसले शुक्रबार सानेपामा रहेको पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर अघि बढ्न पनि सबै राजनीतिक दल र नागरिक समाजका अगुवाहरु एकतावद्ध भएर अघि बढनुपर्ने आवश्यक्ता पनि औँल्याउनुभयो । जनताको चाहना अनुसार मुलुकलाई अघि बढाउन सबै राजनीतिक दलहरु मिलेर अघि बढनुको विकल्प नरहेको अध्यक्ष दाहालको भनाई छ ।
चियापान कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि मुलुकलाई समृद्ध बनाउन राष्ट्रिय एकताको आवश्यक्तामा जोड दिनु भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।