प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको तालिका सार्वजनिक, आउँदो ६ गते चीन जाने

 असोज ४, २०८० बिहिबार १२:२६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउँदो शनिवार चीन भ्रमणमा जानुहुने भएको छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति निकालेर प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे  औपचारिक जानकारी गराएको हो ।

चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा हुन लागेको प्रधानमन्त्री प्रचण्डको भ्रमण आउँदो शनिवारदेखि १३ गतेसम्म रहने छ । भ्रमणमा उहाँकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालगायत पनि रहने परराष्ट्रले जनाएको छ ।

प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई हाङ्झाउमा भेट गर्ने कार्यक्रम छ भने समकक्षी प्रधानमन्त्री ली छ्याङसँग भेट गर्नुहुनेछ । साथै, प्रधानमन्त्रीले बेइजिङमा रहेकाे नेपाली दूतावासले संयुक्त रुपमा आयोजना गरेको चीन–नेपाल लगानी सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्ड आउँदो शनिवार हाङ्जाओमा हुने १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनुहुनेछ । अहिले अमेरिकाको भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड त्यतैबाट चीन प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँ आउँदो १३ गते स्वदेश फर्किनु हुनेछ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया