केरामा पानामा रोगको सङ्क्रमण रेस–४ देखिएपछि आयातमा कडाइ

 असोज ५, २०८० शुक्रबार १५:१३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – केरामा पानामा रोगको सङ्क्रमण ट्रोपिकल रेस–४ देखिएपछि सरकारले आयातमा कडाइ गरेको छ । कैलालीको टीकापुरमा पानामा रोगको सङ्क्रमण देखिएसँगै नेपालभरिका नाकामा रहेका प्लान्ट क्वरेण्टीनहरूले उच्च सतर्कता अपनाएका हुन् ।

१४ वर्षअघि भारतबाट भित्रिएको पानामाको रेस–१ ले नेपालको केराखेतीमा धेरै क्षति पुर्‍याएकाे थियो । अहिले देखिएको रेस–४ ले नेपालमा रहेका सबै जातका केरामा क्षति पुर्‍याउने भएकोले सतर्कता बढाएको कृषि ज्ञान केन्द्र भैरहवाका प्रमुख शिवलाल अर्यालले बताउनुभयो ।

यो रोग सङ्क्रमित बिरुवा, माटो, पानी र कृषि औजारबाट एक ठाउँबाट अर्को ठाउँसम्म फैलने गर्दछ । भारतबाट आउने केराका गाडी रोग सार्ने प्रमुख स्रोत रहेकाले अहिले भन्सार विन्दुमै कडाइ गरिएको प्रमुख घिमिरेले बताउनुभयो । टिआर–४ केराका कोसाबाट नसर्ने भएकोले कोसामात्रै सुरक्षित गरेर ल्याएकोलाई मात्रै नेपाल भित्रने अनुमति दिने गरेको उहाँले बताउनुभयो ।

केरा लोड गरी आएका गाडीलाई भन्सार परिसरमै उनीहरूको टायर सफा गर्ने र कतै माटो नरहेको सुनिश्चित गरेपछि पठाउने गरिएको छ । यस्तै भारतबाट कुनै पनि प्रकारको केराको बेर्ना ल्याउन निषेध गरिएको छ ।

अन्तिम अपडेट: पुस २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया