वृद्धभत्ताकाे रकमबाट २ वटा अक्षयकोष स्थापना

 असोज ५, २०८० शुक्रबार १८:२९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी – डोटीको जोरायल गाउँपालिका–३ चनकट्टेका रघुनाथ जोशीले आफूले पाउँदै आएको वृद्धभत्ता रकमबाट दुई वटा अक्षयकोष स्थापना गर्नुभएको छ । उहाँले एक/एक लाख रुपैयाँका रघुनाथतारा अक्षयकोष स्थापना गर्नुभएको हो ।

१ सय २ वर्षको उमेरमा जोशीले जोरायल गाउँपालिका–३  काे शिवपुर माध्यमिक विद्यालय र सरस्वती नगर प्राथमिक स्वास्थ्य केन्द्रमा अक्षयकोष स्थापना गर्नुभएको हो । जोशीले जीवनको उत्तरार्धमा पुण्य कार्य गर्न पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । समाजसेवी जोशीकी श्रीमती तारादेवी ९८ वर्षकी हुनुभएको छ । अहिले उहाँहरू कैलालीकाे धनगढी उपमहानगरपालिकामा बस्दै आउनुभएकाे छ ।

अक्षयकोष स्थापना गरेकोमा जाेशीलाई वडाध्यक्ष नवीन ओझाले आज शुक्रवार एक कार्यक्रमबीच सम्मान गर्नुभयाे । वडाध्यक्ष ओझाले समाजसेवी जोशी समाजका लागि प्रेरणाको स्रोत रहेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया