चीनले नेपालसँगको सम्बन्धलाई ठूलो महत्व दिएको छ : चिनियाँ राष्ट्रपति सी

 असोज ६, २०८० शनिबार १८:७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । आज बिहान अमेरिकाबाट चीन पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी बीच हाङझाओमा भेटवार्ता भएको हो ।

भेटवार्तामा प्रचण्डले राष्ट्रपति सीले प्रस्ताव गरेका महत्वपूर्ण अवधारणा र पहलहरूको शृङ्खलालाई नेपालले समर्थन गरेको बताउनुभएको नेपालका लागि चीनियाँ दूतावासले जनाएको छ ।

प्रचण्डले विकासोन्मुख देशहरूको साझा हितको रक्षा र प्रवर्द्धन गर्न चीनसँग मिलेर काम गर्न इच्छुक रहेको बताउनुभएको छ । यस्तै,  चिनियाँ राष्ट्रपति सी ले चीन–नेपाल सम्बन्धलाई चीनले ठूलो महत्त्व दिएको बताउनुभएको छ ।

सीले नेपाल–चीन द्विपक्षीय सम्बन्धको निरन्तर नयाँ प्रगतिलाई प्रवर्द्धन गर्न तथा नेपालसँग विकास रणनीतिलाई सुदृढ गर्न इच्छुक रहेको कुरामा जोड दिनुभएको छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया