आउँदो वर्ष नेपालको अर्थतन्त्रमा सुधार हुने एसियाली विकास बैंकको अनुमान

 असोज ६, २०८० शनिबार १९:३६:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एसियाली विकास बैंक एडीबीले आउँदो अंग्रेजी वर्ष अर्थात सन् २०२४ मा नेपालको अर्थतन्त्र सुधार हुने जनाएको छ । ‘नेपाल माइक्रो इकोनोमिक अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै एडीबीले सन् २०२३ को तुलनामा सन् २०२४ मा नेपालको अर्थतन्त्र सुधार हुने जनाएको हो । नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा १ दशमलव ९ र सन् २०२४ मा ४ दशमलव ३ प्रतिशत रहने प्रक्षेपण प्रतिवेदनमा उल्लेख छ ।

उत्पादन तथा निर्माण क्षेत्रमा यस वर्षको तुलनामा आउँदो वर्ष उल्लेख्य सुधार देखिने एडिबीको अनुमान छ । त्यस्तै, नेपालमा यो वर्ष अर्थात सन् २०२३ मा मूल्यवृद्धि ७ दशमलव ७ प्रतिशत रहने अनुमान एडिबीको छ । आउँदो वर्ष भने घटेर ६ दशमलव २ प्रतिशत कायम हुने प्रक्षेपण छ ।

यस वर्ष मूल्यवृद्धि बढ्नुमा विश्व बजारमा भएको पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि र अमेरिकी डलरको भाउ बढ्नुलाई कारण मानिएको छ । न्यून खर्च र राजस्व सङ्कलनले समग्र बैकिङ प्रणालीको तरलतामा असर गरेको एडिबीले जनाएको छ । 

आउँदो वर्ष सम्ममा नौ सय मेगावाट बराबर विद्युत् उत्पादन थपिने अनुमान गरिएकाले यसले पनि आर्थिक विकासमा केही सहयोग गर्ने अनुमान एडिबीको छ । त्यसकारण औद्योगिक क्षेत्रमा सन् २०२४ मा ६ दशमलव ३ प्रतिशतको वृद्धि देखिने अनुमान छ ।

घरजग्गा, खुद्रा तथा होलसेल बजारमा राम्रो सुधार हुने प्रतिवेदनमा उल्लेख छ । नेपालको अर्थतन्त्र सुधारोन्मुख देखिए पनि चुनौती भने कायमै रहेको एडिबीले जनाएको छ ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया