२ महिनामा नेपालले ४२ करोड रुपैयाँको सिमेन्ट र क्लिङ्कर भारत पठायो

 असोज ८, २०८० सोमबार १७:२४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – चालु आर्थिक वर्षको २ महिनामा नेपालले ४२ करोड रुपैयाँको सिमेन्ट र क्लिङ्कर भारत निर्यात गरेको छ । सरकारले निर्यातमा अनुदान दिने व्यवस्था ल्याएको तथा देशभित्र खपत कम हुँदा सिमेन्टको निर्यात बढेको हो ।

गएको साउनमा २३ करोड ५० लाख र भदौ महिनामा १८ करोड ३४ लाख रुपैयाँको सिमेन्ट तथा क्लिङ्कर निर्यात भएको भन्सार विभागले जनाएको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत सिमेन्टको निर्यातमा ८ प्रतिशत नगद अनुदान र १० करोड रुपैयाँभन्दा बढीको बिजुली खपत गर्दा महसुलमा १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेपछि व्यवसायीहरू निर्यातमा आकर्षित भएका हुन् ।

नेपालबाट पाल्पा सिमेन्ट, अर्घाखाँची सिमेन्ट, बालाजी सिमेन्ट र सिजी सिमेन्ट भारतीय बजारमा निर्यात भइरहेको छ ।

गएको वर्षको साउनमा पाल्पा सिमेन्टले ४१ लाख रुपैयाँको सिमेन्ट भारत पठाएर निर्यातको शुरुवात गरेको थियो । पछिल्लो ६ महिनादेखि मासिक १० करोड रुपैयाँभन्दा धेरैको निर्यात भइरहेको छ । अहिलेसम्म १ अर्ब २० करोड रुपैयाँको सिमेन्ट र क्लिङ्कर भारतीय बजारमा बिक्री भएको विभागको तथ्याङ्क छ ।

सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुव थापाले अहिले स्वदेशमा खपत निकै कम भएको र उद्योगहरूले आफ्नो क्षमताको ३० प्रतिशत मात्रै उत्पादन गरिरहेको बताउनुभयो । देशभित्रको माग घटिरहेको अवस्थामा निर्यातले केही राहत भएको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया