नेपालमा ५७ वटा देशको साढे २ खर्ब रुपैयाँभन्दा धेरै वैदेशिक लगानी, सबैभन्दा धेरै भारतबाट

 असोज १०, २०८० बुधबार १८:८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा ५७ वटा देशको साढे दुई खर्ब रुपैयाँभन्दा धेरै वैदेशिक लगानी रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार गएको वर्षको असार मसान्तसम्ममा नेपालमा ५७ वटा देशको दुई खर्ब ६४ अर्ब ३३ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।

याे रकममध्ये भारतबाट सबैभन्दा बढी ८८ अर्ब ५९ करोड र त्यसपछि क्रमशः चीनबाट ३३ अर्ब ४५ करोड, आयरल्यान्डबाट २० अर्ब ९० करोड, सिङ्गापुरबाट १६ अर्ब सात करोड र सेन्ट किट्स एन्ड नेभिसबाट १५ अर्ब नाै करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।

सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार नेपालमा आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात १६ प्रतिशतले वृद्धि भएको छ । नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६२ दशमलव ६ प्रतिशत औद्योगिक क्षेत्रमा र ३७ दशमलव ३ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्र अन्तर्गत जलविद्युत् क्षेत्रमा ३२ दशमलव ८ प्रतिशत र उत्पादन क्षेत्रमा २९ दशमलव ५ प्रतिशत वैदेशिक लगानी रहेको छ ।

वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीहरूको क्षमता उपयोग ७१ दशमलव १ प्रतिशत रहेको पाइएको छ । समग्रमा वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूको नाफाको दर झन्डै १४ दशमलव ३ प्रतिशत रहेको छ ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया