सुन आयातको कोटा बढ्याे, दैनिक २० किलो आयात गर्न पाइने

 असोज १०, २०८० बुधबार १८:२४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा बढाएर प्रतिदिन २० किलो पुर्‍याएको छ । यसअघि प्रतिदिन १० किलो मात्रै सुन आयात गर्ने अनुमति रहेकोमा नेपाल राष्ट्र बैंकले बैंकहरूलाई परिपत्र गरेर प्रतिदिन २० किलो सुन ल्याउन अनुमति दिएको हो ।

नयाँ व्यवस्थाअनुसार कुनै महिनामा दैनिक आयात नभएको सुन अर्को महिनामा आयात गर्न पाइने छैन । बैंकबाट सुन खरिद गर्ने व्यवसायीले आफूले बिक्री तथा उपयोग गरेको सुनको विवरण प्रत्येक महिना सकिएको सात दिनभित्र सम्बन्धित बैंकमा बुझाउनु पर्नेछ ।

व्यवसायीहरूले देशमा मागको तुलनामा आयात अनुमति कम भएको भन्दै कोटा बढाउन माग गर्दै आएका थिए । आयात कोटा कम भएका कारण पनि सुनको तस्करी बढेको व्यवसायीहरूको भनाइ छ ।

अन्तिम अपडेट: कात्तिक १९, २०८०

तपाईको प्रतिक्रिया