सुनको भाउ आज १४ सय रुपैयाँले घट्यो

 असोज ११, २०८० बिहिबार ११:१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज १ हजार ४ सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा १ लाख ९ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो पनि सुनको भाउ तोलामा आठ सय रुपैयाँले घटेको थियो । केही दिनयता सुनको भाउ लगातारजसो घटिरहेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । 
 

अन्तिम अपडेट: असोज २१, २०८०

तपाईको प्रतिक्रिया