जावलाखेलमा जुत्ताचप्पल व्यापार मेला

 असोज ११, २०८० बिहिबार ११:५८:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ललितपुरको जावलाखेलमा जुत्ता चप्पल व्यापार मेला भइरहेको छ ।  नेपाली जुत्ता चप्पल उत्पादक समूहले चाडपर्वलाई लक्षित गरेर जुत्ता चप्पल मेला आयोजना गरेको हो ।

‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नारासहित हिजोदेखि शुरु भएको मेला कात्तिक ३ गतेसम्म चल्नेछ । स्वदेशमा उत्पादित जुत्ता चप्पलहरू र स्वदेशी ब्रान्डहरूलाई आम उपभोक्ताहरूको बीचमा परिचित गराउने उद्देश्यसहित मेला आयोजना गरिएको मेला संयोजक होमनाथ उपाध्यायले बताउनुभयो ।

मेलामा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको पनि उहाँले बताउनुभयो । तीन लाख जनाभन्दा धेरैले मेलाको अवलोकन गर्ने  लक्ष्य राखिएको छ । बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म खुल्ला रहने मेलामा जान पैसा तिनु पर्दैन । मेलामा नेपालमा स्थापित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्रान्डहरूका जुत्ता तथा चप्पल रहेको छ । 
 

अन्तिम अपडेट: असोज २२, २०८०

तपाईको प्रतिक्रिया