२० घण्टापछि खुल्याे रिडी–रुद्रवेणी सडक

 असोज ११, २०८० बिहिबार १९:१२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

गुल्मी – गुल्मीमा पहिरोका कारण अवरुद्ध बनेको कालीगण्डकी करिडोर सडक सञ्चालनमा आएको छ । कालीगण्डकी करिडोर अन्तर्गत रिडी–रुद्रवेणी सडक खण्डमा सडक माथिबाट ठूलो पहिरो खसेपछि बुधवार रातिदेखि याे सडक बन्द भएको थियो ।

स्थानीय प्रशासन र रुरुक्षेत्र गाउँपालिकाको पहलमा २० घण्टापछि एक्स्काभेटरको सहयाेगमा सडकमा खसेको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयाे ।

रिडी–रुद्रवेणी–वामीटक्सार हुँदै बाग्लुङको बुर्तिवाङसम्म पुग्ने याे सडक बन्द हुँदा पाल्पा, बुटवलबाट छुटेका गाडी बीच बाटौमै रोकिँदा यात्रु समस्यामा परेका थिए । सडक खुलेसँगै दुवैतर्फका गाडी गन्तव्यतर्फ लागेका छन् ।

याे सडक गुल्मीमा सबैभन्दा बढी गाडी आउजाउ हुने सडक खण्ड अन्तर्गत पर्छ ।

तस्बिर : विष्णु भण्डारीकाे फेसबुकबाट

अन्तिम अपडेट: असोज २३, २०८०

तपाईको प्रतिक्रिया