मार्सियललाई म्यानचेस्टर युनाइटेड नछोड्न प्रशिक्षक मोउरिन्होको सुझाव

 कात्तिक १७, २०७५ शनिबार ११:३७:१ | एजेन्सी
unn.prixa.net

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक होजे मोउरिन्होले स्ट्राइकर एन्थोनी मार्सियललाई क्लब नछोड्न सुझाव दिएका छन ।

फ्रान्सेली स्ट्राइकर मार्सियल निकै राम्रो खेलाडी रहेको र टप खेलाडी हुने तरखरमा रहेका बेला उनी म्यानचेस्टर युनाइटेडमै रहेको हेर्न चाहेको मोउरिन्होले बताएका छन् । मार्सियलका एजेन्ट गएको समरमा उनी क्लब छोड्न इच्छुक रहेको खुलासा गरेका थिए । उनको क्लबसँगको सम्झौता अर्को वर्ष सकिँदैछ । जसका लागि क्लबसँग सम्झौता लम्ब्याउने अन्तिम मौका रहेको छ ।

प्रशिक्षक मोउरिन्होले भने, ‘क्लबलाई उनी जस्तो खेलाडी चाहेको र म आशा गर्छु उनी यही क्लबमा बस्नेछन् ।’ 

रसिया विश्वकपको उपाधि जित्दा उनी टिममा रहेका थिएनन् । म्यानचेस्टर युनाइटेडबाट उनले ४५ खेमा ११ गोल गरेका छन । पछिल्लो चार खेलमा उनले चार गोल गर्न सफल भएका छन् ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया