एसियाली खेलकुद : ९० स्वर्णसहित चीनकाे वर्चस्व कायमै, नेपाल अझै पदकविहीन

 असोज ११, २०८० बिहिबार २०:२०:५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – चीनमा चलिरहेको १९ औँ एसियाली खेलकुदमा आयोजक देशले वर्चस्व कायमै राखेकाे छ ।

चीनले अहिलेसम्म ९० स्वर्ण, ५१ रजत र २६ कास्यसहित १ सय ६७ वटा पदक जितेको छ । दक्षिण काेरिया २४ स्वर्ण, २३ रजत र ३९ कास्यसहित ८६ पदक जितेर दाेस्राे स्थानमा छ । जापान १८ स्वर्ण, ३० रजत र ३० कास्यसहित ७८ पदक जितेर तेस्राे स्थानमा छ ।

उज्बेकिस्तान तालिकाकाे चाैथाे स्थानमा छ । उज्बेकिस्तानले ६ स्वर्ण, १० रजत र १५ कास्कसहित ३१ पदक जितेकाे छ । भारत ६ स्वर्ण, ८ रजत र ११ कास्यसहित २५ पदकका साथ पाँचाैँ स्थानमा छ । यसैगरी थाइल्यान्ड पदक तालिकाकाे छैटाैँ स्थानमा छ । उसले ६ स्वर्ण, ३ रजत र ९ कास्यसहित १८ पदक जितेकाे छ ।

हङकङ तालिकाकाे साताैँ स्थानमा छ । हङकङले अहिलेसम्म ५ स्वर्ण, १२ रजत र १५ कास्यसहित ३२ पदक जितेकाे छ । चाइनिज ताइपेई ४ स्वर्ण, ४ रजत र ६ कास्यसहित १४ पदक जितेर तालिकाकाे आठाैँ स्थानमा छ ।

पदक तालिकाकाे नवाैँ स्थानमा इरान छ । इरानले अहिलेसम्म ३ स्वर्ण, ९ रजत र १० कास्यसहित २२ पदक जितेकाे छ । उत्तर काेरिया ३ स्वर्ण, ५ रजत र ४ कास्यसहित १२ पदक जितेर दशाैँ स्थानमा छ । नेपालले भने कुनै पनि पदक जितेको छैन ।

प्रतियोगितामा ४० खेलका ६१ वटा विधामा चार सय ८१ प्रतिस्पर्धा हुनेछन् । प्रतियोगिताको मूल नारा 'हर्ट टु हर्ट एट फ्युचर' अर्थात् भविष्यमा हृदयदेखि हृदयसम्म रहेको छ ।

विश्वका ४५ देशको सहभागिता रहने ४० खेलमध्ये नेपालको तर्फबाट २९ खेलमा १ सय २७ महिला र १ सय २६ जना पुरुष गरी २ सय ५३ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । हिजाे शनिवार देखि औपचारिक रूपमा शुरु भएकाे प्रतियाेगिता अक्टोबर ८ सम्म चल्नेछ ।

अन्तिम अपडेट: असोज २९, २०८०

तपाईको प्रतिक्रिया