१९ वर्षमुनिकाे एशिया कप : श्रीलङ्काले नेपाललाई दियाे २ सय ३४...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सुरक्षित वातावरणमा काम गराउन गृह प्रशासन तयार रहेको बताउनुभएको छ ।
आज शुक्रवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा गृह सचिव भट्टराईले स्वास्थ्यकर्मीलाई पूर्णरूपमा सुरक्षित तुल्याउन सुरक्षा प्रशासन तयार रहेको बताउनुभएको हो । उहाँले चिकित्सकहरूमाथि विभिन्न ठाउँमा आक्रमण भएको भन्दै घटनामा संलग्न दोषीलाई कारबाही गर्ने प्रतिबद्धता पनि जनाउनुभयाे ।
उहाँले भन्नुभयो, ‘स्वास्थ्यकर्मीहरूलाई पूर्णरूपमा सुरक्षित तुल्याउन सुरक्षा प्रशासन तयार छ । गृह मन्त्रालय सुरक्षा व्यवस्था गर्न तयार छ । वार्ता, संवाद्वारा हुनसक्ने दीर्घकालीन नीतिगत र संरचनागत प्रबन्धद्वारा हुने विषयलाई सडकमा आएर सेवा अवरुद्ध गर्न जरुरी छैन । उहाँहरू सडकमा आएको ६/८ घण्टाभित्र तपाईँहरूले राखेको बटमलाइन कार्यान्वयनमा गएको छ ।’
बैठकमा नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. अनिलविक्रम कार्कीले स्वास्थ्यकर्मीसम्बन्धी ऐन अपूरो भएको बताउनुभयो । उहाँले चिकित्सकहरूमाथि दिनहुँ हातपात भएको भन्दै राजनीतिक दलको दृढ सङ्कल्प अहिलेको आवश्यकता रहेको उल्लेख गर्नुभयाे । स्वास्थ्यका समस्याहरू सम्बोधन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पठाएका फाइलहरू अर्थ मन्त्रालयमा चाङ लागेर बसेको उहाँले गुनासाे गर्नुभयाे ।
अध्यक्ष कार्कीले स्वास्थ्यकर्मीहरूको दरबन्दी नथपिने, चिकित्सकहरूले अतिरिक्त समय काम गरेको भत्ता नपाउने, चिकित्सकहरूले कति घण्टा काम गर्ने भन्ने नतोकिएको लगायतका समस्या रहेको बताउनुभयो । उहाँले हरेक घटनामा डाक्टरलाई कुटिने गरिएको भन्दै लापर्बाही भन्ने शब्द परिवर्तन हुनुपर्ने बताउनुभयो । उहाँले 'मेडिकल प्राक्टिस' शतप्रतिशत नहुने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।