'आईएमई पे डिजिटल दशैँ तिहार' अभियानमा आकर्षक क्यासब्याक तथा बम्पर उपहार

 असोज १४, २०८० आइतबार १७:३८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – डिजिटल वालेट 'आईएमई पे' ले दशैँ, तिहार र छठलाई लक्षित गर्दै 'आईएमई पे डिजिटल दशैँ तिहार' अभियान सार्वजनिक गरेको छ ।

असोज १४ गतेदेखि शुरु भई मङ्सिर ३ गतेसम्म चल्ने ५० दिने अभियानअन्तर्गत हरेक दिन ५० जना सेवाग्राहीले विभिन्न कारोबारका लागि 'क्यासब्याक' को 'प्रोमो कोड' प्राप्त गर्न सक्ने आईएमई पेले जनाएकाे छ । त्यस्तै हरेक हप्ता एक जना सेवाग्राहीले 'अल्टिमा लाइफस्टायल' काे उपहार प्राप्त गर्ने र अन्त्यमा आठ जना विजेताले ५० हजार रुपैयाँ बराबरकाे उपहार प्राप्त गर्नेछन् ।

साथै 'आईएमई पे' मार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना एक जनाले एक लाख रुपैयाँ प्राप्त गर्ने र बम्परमा एक करोड रुपैयाँ प्राप्त गर्ने दाेहाेराे मौका रहेको आईएमई पेका प्रमुख कार्यकारी निर्देशक सीईओ प्रविन रेग्मीले बताउनुभयाे ।

यस अभियानसम्बन्धी विस्तृत जानकारी तथा नियम र सर्तहरू 'आईएमई पे' को आधिकारिक वेब पेजमा उपलब्ध हुनेछ ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया