एसीसी १९ वर्षमुनिको प्रिमियर कपमा नेपालको विजयी शुरुवात, इरान २ सय ७४ रनले पराजित

 असोज २५, २०८० बिहीबार १३:५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एसीसी १९ वर्षमुनिकाे प्रिमियर कपमा इरानलाई हराउँदै नेपालले विजयी शुरुवात गरेको छ । नेपालले इरानलाई २ सय ७४ रनको फराकिलो अन्तरले हरायो ।

जितका लागि नेपालले दिएको ३ सय ५४ रनको लक्ष्य पछ्याएको इरान ३० ओभर ५ बलमा ७९ रनमा अलआउट भयो । उसका आमेर खोर्सन्दले सर्वाधिक ३७ रन बनाए । अरू खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका दिपेश कँडेल र सुवास भण्डारीले समान ३/३ विकेट लिए । यस्तै हेमन्त धामी र आकाश चन्दले समान २/२ विकेट लिए ।

त्यसअघि मलेसियाको बाङ्गीमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४० ओभर १ बलमा ३ सय ५३ रनमा अलआउट भएको थियो । नेपालका कप्तान देव खनालले शतक बनाए । उनी ६० बलमा १०० रन बनाएर आउट भए । देव नेपालबाट १९ वर्षमुनिकाे क्रिकेटमा दुई शतक हान्ने पहिलो नेपाली खेलाडीसमेत बनेका छन् । यस्तै दीपकप्रसाद डुम्रेले ६९ तथा दीपक बोहोराले ६५ रन जोडे । इरानका सलमान नियाजमन्द र दद्राहमन रइसीले समान ३/३ विकेट लिए ।

मलेसियामा आज बिहीवारदेखि शुरु भएको प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोली सहभागी छन् । १६ टोलीलाई ४ वटा समूहमा विभाजन गरिएको छ । शीर्ष ३ वटा टोलीले आउँदो डिसेम्बरमा पाकिस्तानमा हुने १९ वर्षमुनिकाे एसिया कप खेल्न पाउनेछन् । भारत, पाकिस्तान, बङ्गलादेश, अफगानिस्तान र श्रीलङ्का भने एसिया कपमा सोझै छनोट भएका छन् ।

समूह 'ए' मा नेपाल, बहराइन, साउदी अरेबिया र इरान रहेका छन् । त्यस्तै समूह 'बी' मा यूएई, ओमान, कतार र चीन रहेका छन् । समूह 'सी' मा सिङ्गापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स तथा समूह 'डी' मा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया रहेका छन् ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया