राष्ट्रिय गौरवतर्फका सडक आयोजनामा थप प्रगतिको अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजनाअन्तर्गत ओखलढुङ्गाकाे मानेभञ्ज्याङका रजिन राईले जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गरिएको छ । राईको घरमा नै पुगेर डिश मिडिया नेटवर्कका प्रतिनिधिले एक लाख रुपैयाँ नगद हस्तान्तरण गरेको हो । बाजागाजासहित एक कार्यक्रमको आयोजना गरी सम्मानसहित राईलाई पुरस्कार रकम प्रदान गरिएको थियो । २०८० असोज २२ गते सोमवार भएको लक्की ड्र मार्फत उहाँले एक लाख रुपैयाँ जित्नुभएको हो ।
डीटीएच सेवा प्रदायक डिश होमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको हो । यस योजनाअन्तर्गत डिश होमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकले हरेक हप्ता लक्की ड्र मार्फत नगद एक लाख रुपैयाँ प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटीझैँ जीवनशैली अनुभव गर्न सक्नेछन् । त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा १० लाख रुपैयाँ, मिडियामा प्रसिद्धी र सेलिब्रेटीझैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि डिश होमको नयाँ कनेक्शन वा डिश होम रिचार्ज गर्नुपर्ने हुन्छ ।
सुपरस्टारको छनोट हरेक हप्ताको सोमवार डिश होमको शो–केश, सरोकार टिभी, रमाइलो टिभी, डिश होमको आधिकारिक फेसबुक पेज र ईमेज टिभीमा बेलुकी ५ बजे प्रत्यक्ष प्रसारण हुनेछ । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान यही असाेज १ गतेदेखि सीमित अवधिका लागि नेपालभर लागू हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।