कसैलाई अनुरोध र निवेदन गरिदिएर व्यापार घाटा कम हुँदैन : गृहमन्त्री श्रेष्ठ

 असोज २६, २०८० शुक्रबार १७:३३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशको व्यापार घाटा कम गर्न उत्पादन वृद्धि गरी निर्यात बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

आज शुक्रवार दाेस्रो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलनमा गृहमन्त्री श्रेष्ठले व्यापार घाटा कम गर्नका निम्ति देशको उत्पादनलाई निर्यात गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले देशमा उत्पादन भएका वस्तुहरू निर्यात नगरेसम्म कसैलाई अनुरोध र निवेदन गरेर मात्रै व्यापार घाटा कम हुन नसक्ने दाबी गर्नुभयो । आयात प्रतिस्थापन गरी निर्यात प्रवर्धन गर्नसके मात्रै व्यापार घाटा कम हुने भन्दै उहाँले तत्काल ठूला उत्पादन उद्योग खोल्ने र निर्यात गर्दा पनि व्यापार घाटा कम हुने अवस्था नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘व्यापार घाटालाई कमी गर्नका निम्ति देशको उत्पादनलाई निर्यात गर्न सक्नुपर्छ । देशको उत्पादन निर्यात नगरेर कसैलाई अनुरोध र निवेदन गरिदिएर व्यापार घाटा कम हुँदैन । देशको व्यापार घाटा कम गर्नलाई आयात प्रतिस्थापन गरी निर्यात प्रवर्धन गर्न सक्नुपर्छ । तत्काल ठूला उत्पादन उद्योग खोल्ने र निर्यात गर्दा पनि व्यापार घाटा कम हुनेवाला छैन । अहिले हामीसँग जे छ, त्यो निर्यात गर्न सक्नुपर्छ ।’

गृहमन्त्री श्रेष्ठले विकासका निम्ति पुँजी आवश्यक रहेको भन्दै सरकारले पुँजी निमार्ण, पुँजीगत खर्चको कार्यान्वयन र चुलिँदै गएको व्यापार घाटालाई कम गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले 'ह्यान्डीक्याप' र 'सर्भिस सेक्टर' बाट पनि नेपालले व्यापार घाटा कम सक्ने बताउनुभयाे ।

गृहमन्त्रीले सरकारको कर्तव्य देशमा उत्पादन बढाएर रोजगारी सिर्जना गरी उत्पादित वस्तु निर्यात गर्न सहयोगी भूमिका खेल्नुभएको बताउनुभयाे ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया