ग्लोबल आईएमई बैंकका ग्राहकलाई दशैँमा डिजिटल कारोबारमा छुटैछुट, क्यासब्याककाे अफर

 असोज २८, २०८० आइतबार १०:५४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ग्लोबल आईएमई बैंकले दशैँको अवसरमा “ग्लोबल आईएमई बैंकको साथमा दशैँ रमाइलो” भन्ने याेजनासहित विभिन्न डिजिटल कारोबारहरुमा छुट तथा क्यासब्याक अफर सार्वजनिक गरेको छ।

बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकले आफूलाई आवश्यक सरसामानहरु खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी पीओएस मेसिनबाट भुक्तानी गर्दा तीन सय रुपैयाँदेखि पाँच सय रुपैयाँसम्मको नगद फिर्ता हुने बैंकले जनाएकाे छ । 

यस नगद फिर्ता योजनामार्फत बैंकको डेबिट तथा क्रेडिट कार्ड भएकाहरुले योजना अवधिभर कम्तीमा एक हजार रुपैयाँको ३ वटा कारोबार गरेमा तीन सय रुपैयाँ तथा ५ वा त्याेभन्दा बढी पटक कार्डको प्रयोग गरी भुक्तानी गरेमा ५ सय रुपैयाँ नगद फिर्ता हुनेछ । 

यो योजना आज घटस्थापनाको दिनदेखि कात्तिक ७ गते अर्थात् वडा दशैँ (दशमी) को दिनसम्म बेलुका ५ बजेदेखि बेलुका ८ बजेसम्म लागू हुने बैंकले जनाएकाे छ । साथै, बैंकले आफ्नो मोबाइल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुलाई लक्षित गरी छुट योजना पनि सार्वजनिक गरेको छ ।

याे योजना अन्तर्गत बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले आफूलाई आवश्यक सरसमानहरु खरिद गर्दा क्यूआर कोड स्क्यान मार्फत् भुक्तानी गर्दा ‘DAKSHINA’ प्रोमो कोड प्रयोग गरी आफ्नो खरिद मूल्यमा तुरुन्तै १० प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्मको नगद छुट पाउनेछन् । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया