नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रक पल्टिँदा दुई जनाको ज्यान गयो
मंसिर १०, २०८१ सोमबार
बझाङ – बझाङमा शनिबार राति अचानक वर्षासँगै हिमपात भएको छ ।
आइतबार बिहानदेखि अचानक बझाङ जिल्लाको साइपाल गाउँपालिका, सुर्मा गाउँपालिका र खप्तड राष्ट्रिय निकुञ्जमा वर्षासँगै हिमपात भएको हो । वर्षासँगै परेको हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको हो ।
उच्च हिमाली क्षेत्र साइपाल गाउँपालिका, यस्तै सुर्मा गाउँपालिका र खप्तड राष्ट्रिय निकुञ्जमा हिमपात भएको हो । हिपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ । हिमपात र वर्षाका कारण चिसो निकै बढेको सुर्मा गाउँपालिकाका स्थानीय नरेशबहादुर बोहराले बताउनुभयो । गाउँमा समान्य हिमपात भए पनि गाउँभन्दा माथिपट्टीको जंगलमा भने निकै हिमपात भएको उहाँको भनाई छ ।
यस्तै सुदूरपश्चिम प्रदेशको पर्यटकीय क्षेत्रका रुपमा परिचित खप्तड राष्ट्रिय निकुञ्जमा समेत हिमपात भएको छ । आइतबार बिहान ४ बजेतिर वर्षासँग आएको हिमपातका कारण राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटाइएको सुरक्षाकर्मीका साथै राष्ट्रिय निकुञ्जका कर्मचारीको जनजीव समेत प्रभावित बनेको बताइएको छ ।
खप्तड राष्ट्रिय निकुञ्जका सिनीयर ग्याम स्काउट हंश सुनारका अनुसार आइतबार बिहानदेखि राष्ट्रिय निकुञ्जमा हिमपात हुन सुरु भएको बताउनुभयो । अहिले पनि मौसम खराबी भैरहेको र सिमसिम पानी परेको छ । अझै हिमपात हुन सक्ने उहाँले बताउनुभयो । खप्तड राष्ट्रिय निकुञ्जमा हिमपातले सेताम्य भएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।