सुनको भाउ अहिलेसम्मकै महँगाे, तोलाको १ लाख १५ हजार ५ सय रुपैयाँ

 कात्तिक ३, २०८० शुक्रबार ११:५७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । सुनको भाउ आज तोलामा १ लाख १५ हजार ५ सय रुपैयाँमा पुगेको छ ।

आज सुनको भाउ तोलामा १ हजार ८ सय रुपैयाँले बढेको हो । यसअघि हिजो सुनको भाउ तोलाको १ लाख १३ हजार ७ सय रुपैयाँ पुगेको थियो । यो रेकर्ड पनि तोड्दै आज सुनको भाउ एक लाख १५ हजार ५ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार इजरायल र हमासबीच भइरहेको द्वन्द्वको असर सुनमा परेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार अस्थिर बनेको छ । यसले भाउ अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ ।  तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया